काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधान विपरित भएको बताएका छन् ।
‘लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ’, उनले भनेका छन्, ‘अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।’
मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको भत्सर्ना गरेको उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्