कास्की । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) धुव्र शर्मा पक्राउ परेका छन् ।
श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवाह गरेको केही दिनपछि इन्सपेक्टर शर्माले जबरजस्ती ती युवतीलाई पर्वतकै एक क्लिनिकमा गर्भपतन गराउन दबाब दिएका थिए ।
सोही आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा जाहेरी दिएकी थिइन् । पीडित युवतीको जाहेरी परेपछि इन्सपेक्टर शर्मा आफै जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित भएका थिए ।
घटनास्थल पवर्तको कुस्माबजार भएकाले शर्मालाई पर्वत पठाइएको छ । शर्मामाथि जिल्ला अदालत पर्वतबाट १० दिनको म्याद थप भएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्