काठमाडौं । क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक भारतीय सहित २ जनालाई महानगरीय अपराध महाशाखाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाचीँ जिल्ला तिलगंगा १ तल्लोटोल बस्ने ४२ वर्षीया रेनुका सारु र भारत पश्चिम बंगाल कलकत्ता बर्दमान बस्ने ४९ वर्षीय शेख सम्सुर आलोन रहेका छन् ।
प्रहरीका अनुसार पाल्पाको माथागडी गाउँपालिका ४ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका १६ मनमैजु बस्ने खिन्त बिर सारुले सामाजिक संजाल फेसबुक मार्फत जिल्ला अर्घाखाँची तिलगंगा १ तल्लोटोल बस्ने रेनुका सारुसंग चिनजान भई कुरा गर्दै जादाँ निजले क्यानडा पठाई दिन्छु भनी बिस्वासमा पारी क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेट समेत देखाई चौध लाख ठगी सम्पर्क विहिन भएका थिए ।
उक्त ठगिको सुचना प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गत २३ गते काठमाडौंको सुन्धाराबाट उनिहरुलाई प्रकाउ गरेको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका उनहरुलाई आवश्यक कारवाही भईरहेको साथै निजहरुले अन्य तिन जना व्यक्तिहरु बाट १२ लाखको दरले रकम उठाई ठगी गरेको भन्ने बुझिन आएको महाशाखाले जनाएको छ ।
पक्राउ परेकाहरुबाट यदि कोही ठगीमा पर्नुभएको छ भने महानगरीय अपराध महाशाखाको कार्यालयमा संम्पर्कमा आउनको लागी महाशाखाले अनुरोध गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्