काठमाडौं । नेपाल सरकारद्वारा प्रतिवन्धित् नेत्र विक्रम चन्द (विप्लव) समुहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ।
मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले मंगलबार बिहान गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिए ।
‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए,’ खड्काले भने, ‘घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको छ।’
श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्