काठमाडौं । सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आज ११ बजे सर्वदलीय बैठक बस्दैछ ।
मंगलबार नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्