काठमाडैं । रौतहाट राजपुर बमकाण्डका मख्य योजनाकार भनिएका नेपाली काँग्रेस सांसद मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रदेश नम्वर दुई प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ ।
महताव आलमलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । मोतिहारीबाट पक्राउ परेका उनलाई प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रौतहट ल्याइँदै गरेको छ ।
०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घटनामा महताव फरार थिए । घटनाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव नख्खु कारागारमा सजाय भोगिरहेका छन्।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आलम दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्