विराटनगर । कोरोना भाईरसको संक्रमणबाट मोरङमा एकै दिन नौ जनाको मृत्यु भएको छ। यो संख्या जिल्लामा पहिलो पटक एकै दिन यतिधेरै संक्रमितको मृत्यु भएको हो।
आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो। मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन्। तीमध्ये एक जना युवा र छ जना वृद्धवृद्धा छन्।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान मात्रै पाँच जना संक्रमितको मृत्यु भएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्