पर्सा । वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित एक भारतीय पक्राउ परेका छन्।
प्रहरीले भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उक्त रुपैयाँसहित फेला जैन पक्राउ परेका हुन्।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।
आफ्नो प्रतिकृया दिनुहोस्