काठमाडौं । नेपालभर १४ शाखा सहित कमलादी काठमाडौमा केन्द्रीय कार्यालय रहेको वेस्ट फाईनान्स लिमिटेडमा गुट अनुसारको विभाजन सुरु भएको छ ।
वेस्ट फाईनान्स लिमिटेडका अध्यक्ष अमिर ध्वज प्रधान र केही सन्चालकहरु एउटा गुट शिर्जना गरी आफ्नो समूह बलियो बनाउन कृयाशिल भैरहेको स्रोतले जनाएको छ ।
बेष्ट फाईनान्सले सिनर्जी फाईनान्सलाई एक्वायर गरि गत बर्ष देखि सन्युक्त कारोबार रहेको फाईनान्सको सन्चालक समितिमा दुबै तर्फका तीन तीन जना सन्चालक रहेका छन । दुबै कमजोर अबस्थाका फाइनान्स कम्पनी मिलि बनेको बेष्ट फाईनान्सको बित्तिय अबस्था खास्सै राम्रो भने मानिदैन ।
एनआरएन समुहको गुटको प्रतिनिधित्व गर्दै अध्यक्ष लागायतको सन्चालक समितिमा आफुलाई बलियो बनाउन नया एक महिला सन्चालक थपिएको समेत स्रोतले खुलाएको छ । तर उक्त बैठकमा बाकी ३ जना सन्चालकहरु अनुपस्थिती रहेको बुजिएको छ ।
कोरम नै नपुगी बसेको बैठकले भैरहेको कम्पनी सचिवलाई हटाएर नँया कम्पनी सचिव नियुक्ती गरिएको पाईएको छ ।
सन्चालक समितिमा भैरहेको बिवादले केही माथिल्लो तहका कर्मचारिहरुले फाइनान्स छोडेका छन् ।
अध्यक्ष प्रधानलगायतको समूहले फाईनान्सलाई मर्जरमा नलाने पक्षमा देखिएको अर्को पक्ष सस्थाको आर्थिक अबस्था कमजोर हुँदै गएकोले अर्को कुनै राम्रो बित्तिय सस्था सङ्ग मर्जरमा लानु पर्ने पक्षमा रहेको विशेष श्रोतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्