काठमाडौं । १० लाख घूस रकमसहित विधुत् प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले रगेंहात पक्राउ गरेको छ ।
हेटौँडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।
हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिनियर जैसवालले १० लाख रकम मागेका थिए ।
उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्