सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले अवैध लागुऔषध बोकेर हिडेका १ भारतीय सहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले शुरु गरेको लागूऔषध विरुद्दको अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालयबाट खटिईएको टोलीले सोमबार सुनसरी जिल्ला कोशी गाउँपालिा १ लौकही बस्ने १९ वर्षीय मनिष यादव, भारतको सुपौल जिल्ला बनेलीपट्टी ७ बस्ने १९ वर्षीय सुरेश कुमार गुप्ता र सुनसरी जिल्ला कोशी गाउँपालिका ९ बस्ने १९ वर्षीय महेश कुमार मेहतालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये सुरेशकुमारले वोकेको झोला चेकजाँच गर्दा Dialex-Dc 100ML लेखिएको ४७ बोतल,कलर्स लेखिएको १ थान कि-प्याड मोबाईल बरामद गरिएको हो ।
उनिहरुलाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कानुनी प्रकृया वढाईएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्