काठमाडौं । संरक्षित बन्यजन्तु कछुवाको अवैध ओसारपसार तथा बिबितरणक्री गर्ने ५ जनालाई प्रहरीे पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला हिमगंगा नगरपालिका ४ घर भई हाल ललितपुरको बालकुमारी बस्दै आएका २९ वर्षीय नैन बहादुर आले मगर, गोरखा जिल्ला बार्पाक सुलिकोट गाउँपालिका ६ घर भई हाल काठमडौंको बनस्थली बस्दै आएका २४ वर्षीय सुजन उपरकोटी, रामेछाप जल्ला दोरम्बा गाउँपालिका ६ घर भई हाल काठमाडौंको बौद बस्दै आएका ३३ वर्षीय छेवाङ लामा, सोही ठाउँ बस्ने २९ वर्षीय दावा लामा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका ६ घर भई हाल भक्तपुरको गणेशबस्ती बस्दै आएका २७ वर्षीय राजकुमार घिसिङ् रहेका छन् ।
संरक्षित बन्यजन्तु कछुवाको अवैध ओसारपसार तथा बिबितरणक्री भैरहेको भन्ने गोप्य सुचनाआधारमा महानगरीय अपराध महाशखा बाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका ५ जनालाइ आइतबार अन्दाजी १७ः०० बजेको समयमा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय भक्तपुर पठाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्