काठमाडौं । स्वयम्बुस्थित साईली तामाङको घरबाट पूर्वराज्य मन्त्री खोबारी रायसहित १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त स्वयम्बुबाट खटिएको प्रहरीले देबेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जितकु लामा, विक्रम लामा, पर्वत भण्डारी,कान्छा तामाङ र सविन लामालाई १ लाख ५३ हजार ५ सय नगद सहित पक्राउ गरेको हो ।
तिन पटक सम्म राज्य मन्त्री बनेका राय यसअघि पनि ठमेलमा नांगो युवतीसहित पक्राउ परेका थिए । हाल उनि जनता समाजबादी पार्टीमा आबद्ध छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्