काठमाडौँ । प्रहरीले चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ।
संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको सुचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उक्त खागसहित सुनसरी ईनरुवा-७ हाल काडमाडौँ-१२ कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो। रिजालल गैंडाको खाग बिक्री गर्न हिडेको अवस्थामा पक्राउ परेका हुन्
महाशाखाका अनुसार रिजाललाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्