काठमाडौं । भरतपुर अस्पतालमा उपचाररत् तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ ३३ वर्षीया गर्भवती महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
असोज ३० गते कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उनी ३७ हप्ताकी गर्भवती थिइन्। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि कात्तिक ५ गते आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।
उनको बिहीबार बिहान ६ः१५ बजे कोभिड निमोनियाका कारण मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
चितवनमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय नाघेको छ। अहिलेसम्म चितवनका मात्रै ४४ जनाको मृत्यु भइसकेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्