कैलाली । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रबाट करिब एक सय मिटरको दुरीमा शव फेला परेको छ ।
शनिबार राती गस्तीमा गएका बेला तस्करहरुले हत्या गरेका अर्का प्रहरी जवान रामबहादुर साउँदको शव फेला परेको हो। उनको सीमास्तम्भ नम्बर ७४५ देखि एक सय मिटर पूर्वमा साउँदको शव फेला परेको घटनास्थलमा रहेका धनबहादुर विकले जानकारी दिए। उनले साउँदको शव नदीमै भेटिएको बताउदै अझै बाहिर निकाली नसकेको बताए।
उनले भने ‘ साउँदको शव गोविन्दको शवभन्दा झण्डै एकसय मिटर पर फेला परेको हो। तर प्रहरीले अझै शव बाहिर निकालिसकेको छैन।’ प्रत्यक्षदर्शी विकका अनुसार प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाउदै छ।
आफ्नो प्रतिकृया दिनुहोस्