बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस लिएको आरोपमा अख्तियारको टोलीबाट पक्राउ परेका छन् ।
प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन् सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसन गरेको थियो ।
सोही क्रममा रुपन्देहीको सियारी गाउँपालिका(७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेका अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्