काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको पद खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा उनको नाम मन्त्रीको रुपमा समावेश छैन । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।
सत्तारुढ नेकपाका सचिवालय सदस्य पोखरेलले मन्त्रीका रुपमा गरेको कामकारबाहीको विषय पटक पटक विवाद तानिएको थियो भने उनको कार्यशैलीका कारण सेनासँग समेत सम्बन्ध बिग्रिएको टिप्पणी हुने गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्