सप्तरी । अनैतिक सम्बन्ध लुकाउन महिलाको हत्या, मधेश मुक्ति टाईगरका नेता पक्राउ देउरानीको अनैतिक सम्बन्ध लुकाउन भाउजुको हत्या गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरीको तिरहुत गाउँपालिका-२ मैनाकडरी बस्ने शिक्षक शिवनारायण यादवको श्रीमति बर्ष ५० की दाईमन देबी यादवको १० असोजमा हत्या गर्ने तीनजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।
उनी घरमा बसिरहेको अवस्थामा अजय कुमार यादव, राधे भन्नेओमप्रकाश यादव र बम बहादुर साहले उनको हत्या गरेका थिए।
सप्तरी प्रहरीको अनुसन्धानमा दाईमन देवी यादवकी देवरानीसँग हत्यामा संलग्न ओमप्रकाश यादवसँगको अनैतिक समबन्ध रहेकोमा मृतकले थाहा पाए पछि निजले मृतकसँग रिसईबी राखी हत्याको योजना बनाएको खुलेको छ।
प्रतिवादी अजय यादव र मृतकको बिच जग्गा बिवाद रहेको मृतकको २ बिघा जग्गा अजय यादवको बुवाले २०४७ साल देखि जोत भोग गर्दै आएकोमा बिवादको कारण बाली नबुझाएको हत्याको अर्को कारण खुलेको छ।
यस्तै पक्राउ परेका बम बहादुर साह बिगतमा मधेश मुक्ति टाईगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा ८ वर्ष जेल सजाय बसी २ बर्ष अघि हिरासत मुक्त भएको र निजलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको एसपी कृष्ण प्रसाईले बताए।
आफ्नो प्रतिकृया दिनुहोस्