कपिलवस्तु । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका( ४ पिपरा बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
किशोरले घरमा कोही नभएको अवस्थामा किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्