बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालको कोभिड अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ निवासी ८४ वर्षीय पुरुष, बुटवल उपमहानगरपालिका-१ निवासी ७० वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका– ११ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
७० वर्षीय पुरुष ज्वरो र श्वासप्रश्वासमा समस्या भएर असोज २४ गते अस्पतालमा भर्ना भएका थिए। अस्पतालका अनुसार उनमा असोज २२ गते कोराना पुष्टि भएको थियो।
उनको उपचारका क्रममा असोज २४ गते ९ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै ६१ वर्षीया महिला ज्वरो र श्वासप्रश्वासमा समस्या आएर असोज २१ गते अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालका अनुसार उनको सोही दिन कोरोना पोजेटिभ आएको थियो। उनको उपचारका क्रममा असोज २५ गते बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
८४ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या आएर ज्वरो आएर असोज २४ गते अस्पतालमा आएका थिए।
आइसीयु खाली नभएकाले अस्पतालले उनलाई दाङस्थित बेलझुण्डी अस्पतालमा रिफर गरिदिएको थियो। उनको अस्पताल लैजाँदै गर्दा असोज २४ गते साँझ ८ बजे बाटोमा मृत्यु भएको अस्पतालले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्