एजेन्सी । साहित्यका लागि यस वर्षको नोबेल पुरस्कार अमेरिकी साहित्यकार लुईस ग्लिकले प्राप्त गरेकी छन्।
सन् १९०१ मा नोबेलको सुरुवात भएयता नोबेल साहित्य पुरस्कार पाउने १६ औं महिला हुन्। ग्लिकले १९९३ मा ‘द वाइल्ड आइरिस’ का लागि पुलित्जर पुरस्कार र २०१४ मा नेशनल बुक अवार्ड प्राप्त गरेकी थिइन्।
सन् १९४३ मा न्युयोर्कमा जन्मिएकी ग्लिक येल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापक हुन्।
आफ्नो प्रतिकृया दिनुहोस्