रुपन्देही । प्रदेश नं.५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले कानुनको पालना भन्दा पनि कानुनको अवहेलना गर्दै सांसदहरुलाई घिसारेर निकाल भन्ने उर्दी दिएका छन् ।
प्रदेश–५ को सोमवार (आज) वसेको वैठकमा कानुनमन्त्री केसीले प्रदेश सरकारले प्रस्ताव गरेको स्थायी राजधानी दाङ लाई वनाउने प्रस्तावको विरोध गर्ने सांसदहरुलाई ‘घिसारेर निकाल’ भन्ने शब्द प्रयोग गरेका हुन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले संसद भवनमा कार्यरत मर्यादा पालकहरुलाई उक्त निर्देशन दिदै सभामा असन्तुष्टि जनाउने सांसदहरुलाई घिसारेर बाहिर निकाल भनेका हुन् ।
प्रदेश सभामा विपक्षी दल र अन्य साना असुष्टि दलहरुले नाराबाजी गरिरहेका बेला बोल्दै मन्त्री केसीले सुरक्षाका लागि आफ्नो दायाँ बाँया उभिएका मर्यादा पालकलाई ईसारा गर्दै निकाली हाल भन्ने संकेत भिडियोमा देख्न सकिन्छ ।
कानुनमन्त्रीले नै संसद जस्तो गरिमामय स्थानमा कानुन भन्दा माथि असभ्य भाषा प्रयोग गरेपछि अहिले सामाजिक सञ्जालहरुमा सो शब्दमो चर्को विरोध हनु थालेको छ ।
सामाजिक सञ्जालमा लोकतान्त्रिक मुल्य मान्यतामा पनि आफ्ना धारणा राख्न नपाउनु कस्तो गणतन्त्र सहितको लोकतन्त्र हो भनी गुनासो पोखेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्