कपिलवस्तु । प्रहरीले मायादेवी गाउँपालिका–७, बनकसिहाबाट आधा किलो सुन बरामद गरेको छ ।
दोहनी–बनकसिहा–चाकलचौडा सडक खण्ड हुँदै भारततिर लैजाने क्रममा सीमा नजिकैबाट ५ सय ग्राम सुनसहित दुई जनालाई बिहीबार राति साढे ९ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले ३४ वर्षीय पवन गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको हो । लु५६प ६३१० नम्बरको मोटरसाइकलमा सीमातर्फ जाँदै गर्दा उनीहरुबाट सुन बरामद गरिएको हो । उनीहरु पक्राउ परेको ठाउँदेखि सीमाको भारतीय बजार चाकलचौडा ४ किलोमिटर पर छ ।
बरामद गरिएको सुनको मूल्य करिब ४० लाख ५१ हजार रहेको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवललाई सुनसहित दुवैलाई जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्