काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार परिक्षणका लागि स्वाब दिएका पौडेलको परिक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनमा कोरोना पुष्टि भएको हो ।
लाजिम्पाटस्थित सुरिया हेल्थ केयरमा गरिएको परिक्षणका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनी हाल आइसोलेसनमा छन् ।
उनको सचिवालय लगायत निगमका कर्मचारीलाई निगमले कोरोना परिक्षण गर्ने व्यवस्था गरिदिने भएको निगम स्रोतले जनाको छ ।
पछिल्लो समय पौडलेको सम्पर्कमा आएकाहरुलाई सचेत रहन आग्रह गर्दै निगमले विज्ञप्त जारी गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्