जनकपुर । महोत्तरीमा दलित महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले वडासचिवलाई पक्राउ गरेको छ ।
जिल्लाको भंगहा नगरपालिकाको ९ का वडासचिव मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार साँझ बजारबाट घरतर्फ जाँदै गरेकी एक महिलालाई यादवले जबरजस्ती गरेको आरोप लगाउँदै प्रहरीसमक्ष उजुरी परेको थियो । सोही उजुरी आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अत्यधिक मदिरा सेवनगरी वडासचिव यादवले बजारबाट घरतर्फ जाँदै गरेकी स्थानीय महिलालाई जबरजस्ती गरेको स्थानीयको भनाइ छ ।
प्रहरीले तत्काल अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । मेडिकल रिपोर्टका आधारमा वडासचिवमाथि कानुनी कारबाही हुने जिल्ला प्रहरी प्रमुख एसपी टीकाबहादुर केसीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्