धनगढी । कैलालीको श्रीलंका पोष्टमा कार्यरत दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कारको आरोप लागेको छ ।
१९ वर्षीया युवतीका ससुरा र १४ वर्षीयाकी आमाले दुवै जवानविरुद्ध ईलाका प्रहरी कार्यालय राजपुरमा बुधबार जाहेरी दर्ता गराएका हुन् ।
गत भदौ १५ गते १९ वर्षीया युवतीमाथि बलात्कार र उनकी १४ वर्षीया बहिनीबाथि जबरजस्ती करणी उद्योग दाबीसहित उजुरी परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) मिन घलेले बताए ।
राजपुर-४, फत्तेपुरस्थित नर्सरीमा उनिहरुलाई बलात्कार र यौन दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ ।
आफ्नो प्रतिकृया दिनुहोस्