काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ।
आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी विरोध गर्ने निर्णय गरेको हो।
असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारविरूद्ध देशव्यापी विरोधबारे छलफल गरी ठोस कार्यक्रम तय गरिने पनि कांग्रेसले जनाएको छ।
‘कोरोना नियन्त्रण तथा रोकथाममा सरकार चुक्यो। महामारीका बेला पनि भ्रष्टाचारका कुरा आइरहेका छन्। आम जनताको जीवन कठिन हुँदै गएको छ। बेरोजगारी बढेको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘यी विषयबारे छलफल गर्न संसद बैठक माग गर्न केन्द्रीय समिति र संसदीय दलमा छलफल गर्ने तथा केन्द्रीय समितिमा छलफलपछि देशैभरि विरोधका कार्यक्रम गर्ने निर्णय भएको छ।’
ठूला भ्रष्टाचार काण्डमा सरकार नै जोडिएकोले देशैव्यापी विरोध गर्न लागिएको कांग्रेसले जनाएको छ। पदाधिकारी बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादबारे पनि छलफल गरेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्