मोरङ । जिल्लाको जहदा गाउँपालिकामा एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
जहदा गाउँपालिका वडा नं ६ का ६३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्युु बुधवार बिहान मृत्यु भएको अस्पतालका संयोजक डा।दीपक सिग्देलले जानकारी गराएका छन् ।
ती पुरुषलाई असोज ४ गते संक्रमण देखिएको थियो । लगत्तै कोसी कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका अनुसार असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्