बारा । सिम्रौनगढ नगरपालिका-९ बसवरियाबाट अवैध नक्कली नोट सहित २ जना पक्राउ परेका छन् ।
चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने विशेष सुचनाको आधारमा बुधबार बिहान खटिएको प्रहरी टोलीले बारागढी गाउँपालिका वडा नं.५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षीय संदिप कुमारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनिहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट बाह्र लाख सोह्र हजार फेला परेको हो।
सो सम्बन्धमा तत्काल बुझ्दा उक्त नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको भनी खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त नोटहरू रीतपुर्वक बरामद गरी बारामद नोटहरू सहित निजहरूलाई पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको, बरामद नोटहरू दिई मोबाइल लिई भागी फरार रहेका मानिसहरूको खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्