कास्की । कोरोना भाईरस कोभिड १९ को रोकथाम र नियन्रणको लागि नेपाल सरकारद्वारा लागु गरिएको नियम उल्लंघन गरी होष्टलमा विद्यार्थीहरू राखेर पठन पाठन संचालन गर्ने एक जनालाई प्रहरीले कारवाही गरेको छ ।
निशेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु बढी भिडभाड हुने स्थानहरु सञ्चालन नगर्ने नगराउने निर्णायको विरुद्दमा कार्य गरेको भन्ने सुचनाको आधारमा पोखरा महानगरपालिका४ गैह्रापाटन स्थितमा अनाधिकृत रुपमा अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठन पाठन समेत संचालन गर्ने पोखरा ८ न्युरोड बस्ने ३२ वर्षीया सनसरी श्रेष्ठलाई पक्राउ गरी वश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय, कास्कीमा पठाईएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्