इलाम । सामूहिक बलात्कारका दुई जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका घर भएका ३० वर्षीय मिलन राई उर्फ अनिश र ३१ वर्षीय जित कुमार राई रहेको प्रहरीले जनाएको छ ।
गत ६४ सालमा झापा साधुहोली जंगलमा महिलालाई सामूहिक बलात्कार गरेका मिलन र जित कुमारलाई ६७ सालमा अदालतले ११ बर्ष १ महिना कैद हुने फैसला गरेको थियो । घटनामा संलग्न अर्का एकजना अझै फरार छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्