मोरङ । विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी गर्ने ३ युवक पक्राउ ।
सोमबार विराटमहानगरपालिका स्थित जमानुगाछीबाट सोही ठाउ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहानी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनीलाई १५० पेयर र २२० मिटर केवल तार र को.९ प ४१५८ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
उनिहरुलाई ऐन अन्तर्गत थप अनुसन्धान कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्