काठमाडौं । ३६ सय २६ जना नेपाल प्रहरी सहित ६ हजार ७ सय सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ।
स्रोतका अनुसार ‘फ्रन्टलाइन’मा खटिएका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपाल प्रहरीमा ३६ सय २६ जनामा कोरोना देखिएको छ । जसमध्ये १८ सय ९ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा २६३, उपत्यकामा ६८१, प्रदेश १ मा १६८, प्रदेश २ मा १६९, वाग्मती प्रदेशमा १३७, गण्डकी प्रदेशमा १५३, प्रदेश ५ मा ११०, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ८८ जना प्रहरी सक्रिय संक्रमित छन् ।
संक्रमण देखिएकामध्ये सेनाका एक सैनिकको मृत्यु भएको छ । हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ सय १ जना डिस्चार्ज भएका छन् भने १६ सय ५४ जना सक्रिय संक्रमित छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्