चितवन । जिल्लाको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनको रिपोर्ट एक सातापछि आएको हो ।
मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए । कोरोना विरुद्धको अभियानमा लड्ने क्रममा उनलाई कारोना पुष्टि भएको हो ।
स्वाव दिने बेलामा उनमा केही लक्षण देखिएको भएपनि अहिले स्वस्थ्य अवस्था सामान्य रहेको मेयर वनले नारायणी अनलाइनलाई बताए । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्