धादिङ । जनप्रतिनिधिको संरक्षणमा गुण्डागर्दी गर्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङका जिल्ला अध्यक्ष दीपक खतिवडा कुटपीटको अभियोगमा पक्राउ परेका छन् ।
स्थानिय सांसद भूमि त्रिपाठीको संरक्षणमा पृथ्वीराजमार्ग क्षेत्रमा गुण्डागर्दीमा समेत समलग्न भएका खतिवडाको समुहले पृथ्वीराजमार्ग स्थित आदमघाटमा केही युवामाथि कुटपीट गरेको र अपशब्द बोलेर हातपात गरेको उजुरीको आधारमा पक्राउ गरेको हो ।
विहिबार गजुरी गाउँपालिका आदमघाटमा केही युवालाई दशैंको खसि ल्याइदिन पर्यो भन्दै बोलाएको थियो । आदमघाट स्थित एक होटलमा पुगेका खाजा खाएर बसिरहेका ३ जना युवाहरुलाई तिमिहरु माओवादी रहेछौ भन्दै अपशब्द बोलेर हातपात गरेको भन्दै उजुरी परेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीले उनीहरुले उजुरी दिएका आधारमा खतिवडा र उनकै समुहका रमेश अधिकारीलाई पक्राउ गरेको छ ।
उनीहरुले मादक पदार्थ सेवन गरी उक्त होटलमा रहेको महिलालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । खतिवडा र अधिकारीले पीडितहरुलाई बाटो हिँड्न समेत नदिने धम्की दिएको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार मापसे गरि कुटपीट गरेको अभियोगमा प्रहरील उनलाई पक्राउ गरिसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्