स्याङ्जा।बिरामी छोडेर काठमाडौँबाट स्याङ्जा फर्किदै गरेको एम्बुलेन्स वालिङ्गमा दुर्घटना भएको छ। बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ्ग नगरपालिका ५ माझकोटमा सडकबाट करिव ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार एम्बुलेन्समा सवार चालकसहित चारै जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्वार गरि वालिङ्ग अस्पताल पठाईएको छ। प्रहरीका अनुसार चारै जनाएको अवस्था गम्भीर रहेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्