काठमाडौं । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् ।
चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् ।
उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको परिसर स्रोतले जानकारी दिएको छ ।
मंगलबार काठमाडौँबाट १५ किलो पहेलोँ धातु बरामद भएको थियो । परिक्षणपश्चात त्यसमा साढे १४ किलो चाँदीमा सुनको जलप लगाइएको र आधा किलो सुन भएको पाइएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्