काठमाडौं । महानगरिय प्रहरी बृत्त दरबारमार्गमा कार्यरत डिएसपी रञ्जन दाहाललाई १५ किलो सुनबारे सुचना दिने प्रहरी जवान प्रशन्न श्रेष्ठको कोठाबाट सुनजस्तो पहेलो धातु बरामद भएको छ ।
सुन प्रकरणमा प्रयोग भएको भनिएको स्कारपियोलाई प्रहरीले नियन्त्रणमा नलिएपछि घटना शंकास्पद भएको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो ।
महानगरिय प्रहरी अपराध महाशाखाका एसएसपी शुसिलकुमार यादव नेतृत्वको टोलीले छानविनको क्रममा श्रेष्ठको कोठाबाट १ किलोग्राम सुनजस्तै पहेँलो धातु बरामद गरेको हो ।
प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।
प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा गरिएका छन् ।
दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानविन समितिले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्