काठमाडौं । राजधानीको कमलादीबाट बरामद गरिएको साढेँ १४ किलो चाँदी, आधा किलो सुन र २ थान पेस्तोल फलेर फरार रहेको स्कारपियो गाडी ललितपुरको नखिपोटमा फेला परेको छ ।
घटनामा प्रयोग भएको बा ६च ५५१९ नम्बरको स्कोर्पियो गाडी नखीपोटस्थित निर्माणाधीन घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
झोला फालेर भाग्ने तीन जनालाई महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।
मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा६च ५५१९ नम्बरको सिल्भर कलरको सो स्कोर्पियो भाग्न सफल भएको थियो भने घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएको छ ।
स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो ।
स्कोर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डबाट थाहा भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्