काठमाडौं । देशभरका विभिन्न स्थानमा कार्यरत २२१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
हिजो १५ प्रहरी थपिएसँगै देशभर संक्रमितको संख्या २२१ पुगेको हो ।
संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ४४, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।
जसमध्ये एक सयजना डिस्चार्ज भएका छन् । संक्रमित प्रहरीमा एसपी एकजना, इन्स्पेक्टर ६, सई ९, असई १३, हवल्दार ६०, प्रहरी जवान १२८ र कार्यालय सहयोगी चारजना छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्