काठमाडौँ । प्रहरी मुख्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो सँगै प्रहरी प्रधान कार्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यलयका एक अधिकारीले बताएका छन् ।
संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् ।
कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।
आफ्नो प्रतिकृया दिनुहोस्