काठमाडौं । ६९ वर्षको उमेरमा पूर्वरथी कुलबहादुर खड्काको मङ्गलबार निधन भएको छ ।
पुष्पकमल दाहाल (प्रचण्डं) पहिलो पटक प्रधानमन्त्री हुँदा सेनापतिमा नियुक्त पूर्वरथी खड्काको प्यान्क्रियाजको क्यान्सरबाट मृत्यु भएको हो ।
उपचारका लागि केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिका खड्काको मंगलबार अपराह्न निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२००८ सालमा लम्जुङमा जन्मिएका खड्का २०२७ सालमा नेपाली सेनामा भर्ती भएका थिए ।
उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरिएको थियो ।
तर, तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले हस्तक्षेप गरेर कटुवाललाई नै प्रधानसेनापति बनाएका थिए ।
सो विवादका कारण प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्