काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ।
बालुवाटारमा बसेको बैठक सकिएसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत लिलामणि पोख्रेल, देवेन्द्र पौडेलसहितका नेताहरु बाहिरिएका छन्।
केपी ओली पक्षले एकलौटी ढंगले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र माधव नेपाल पक्षले बैठक राखेका छन्।
बैठकमा ब्रिफिङ गर्ने क्रममा प्रचण्डले जारी स्थायी कमिटी बैठकको निरन्तरताको रुपमा नबुझ्न सुझाएका थिए।
उनले संवाद र छलफललाई जारी नै राख्नुपर्ने बताएका थिए। प्रचण्डले बहुमत स्थायी कमिटी सदस्यको बैठक भनेका छन्।
यसअघि सुरु भएको बैठकलाई रोकेर प्रचण्ड र झलनाथ खनाल केपी ओलीलाई भेट्न गएका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्