काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी साथै युट्युबर समेत रहेका अर्जुन शिवाकोटीलाई बलात्कारको अभियोगमा डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको हो। शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो ।
शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्