काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई केही दिनदेखि सामानय ज्वरो आएको थियो।
कोरोना संक्रमणका आशंकामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाइयो।
उक्त परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले बताए।
संक्रमित डाक्टरले जाँचेको गरेको बिरामी र उनको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरू गरिसकेको डाक्टर शर्माले बताए।
सोमबारमात्र पोखरामा मणिपालका डाक्टरसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हालसम्म गण्डकी प्रदेशमा १ हजार ३ सय ७७ जना कोरोना संक्रमित पुष्टि भएको डाक्टर शर्माले बताए। यस्तै, निको हुनेको संख्या पनि १२ सय १ जना पुगेका छन्।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण अहिले गण्डकी प्रदेशमा १ सय ७२ जना आइसोलेसनमा छन् भने अझै क्वारेन्टिनमा १ हजार ५ सय ३७ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्