काठमाडौं । उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गर्ने एक कपडा व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा कालिगण्डकी गाउँपालिका-५ ताँप घर भई हाल काठमाडौँ सामाखुसी बस्दै आएका ४० वर्षीय ढुण्डी राज न्यौपाने रहेका छन् ।
गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाण्डौ विशाल बजार स्थितमा शंकास्पद रूपमा हिडिरहेका ढुण्डिराज न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा उनले बोकेको कालो रंगको झोला भित्र गैर कानुनी रुपमा हुण्डिको कारोवार गर्न लगिरहेको १९ लाख ९१ हजार र भाइबर मार्फत हुण्डिको कारोवार गरिएको बिवरण सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने महानगरीय अपराध महाशाखाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्