काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–१ तासिडाँडामा पहिरोले पुरिएर जुम्ल्याह बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा भेरी गाउँपालिका–२ गुराँसे घर भई टोखा बस्दै आएका रामकुमार रानामगरका जुम्ल्याह सन्तान सचिन राना र सन्ध्या राना रहेका छन् ।
आमाबुबा खाना खान थालेको बेला बाहिर खेलिरहेका ३ बर्षका बालबालिकालाई घरमाथिबाट खसेको ढिस्कोले पुरेको महानगरिय प्रहरी वृत्तका डीएसपी रोशन खड्काले जानकारी दिएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्