काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्षबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरू भएको हो ।
दाहालले यसअघि पार्टीका प्रभावशाली नेताहरुसँग आफ्नो निवास खुमलटारमा छलफल गरेका थिए ।
त्यहाँ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु थिए ।
छलफलमा दाहालले ओलीले मंसिरमा गर्ने भनेको महाधिवेशन अल्झाउन मात्रै भएको टिप्पणी गर्दै त्यसमा आफ्नो सहमति नभएको बताएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्