बारा । महागढीमाई नगरपालिका-२ बरियारपुर चोकबाट अवैध नक्कली नोट १ भारतीय नागरीक सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बारा आदर्शकोतवाल गाउँपािलका-६ बस्ने ३० वर्षीय नरेन्द्र प्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज कुमार साह तेली र भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं-१० बस्ने २५ वर्षीय सुधिर कुमार कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक किष्ण पगेनीले जानकारी दिएका छन् ।
पगेनीका अनुसार पक्राउ परेकाहरुले लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले उनिहरूलाई खोजतलाश गर्दै बरियारपुर चोकबाट पक्राउ गरिएको हो ।
नियन्त्रणमा लिई शरीर तथा बोकि आएका झोला खानतलासी गर्ने क्रममा उनिहरूको साथबाट नक्कली जस्तो देखिने नेपाली नोट १००० दरको १४६५ थान, १०० दरको ७४६ थान गरी जम्मा १५ लाख ३९ हजार ६ सय नेपाली रकम र नक्कली भारतीय नोट ५०० दरको २८४ थान , ५० दरको ७०६ थान रकम बरामद गरिएको प्रहरी उपरिक्षक पगेनीले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्